
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोक सेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताउनुभएको छ ।
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिनुभयो ।
“लोक सेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजको मितिसम्म पनि कायमै राख्न सफल भएकोमा त्यसप्रति धन्यवाद व्यक्त गर्दै अवका दिनमा पनि आयोग अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनुहुदैन् ।”
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था आयोग मात्र रहेको बताउँदै उहाँले आयोगले आफ्ना काम कारबाही दूत्रगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशिने क्रम अत्यधिक भएका कारण रिक्त पदपूर्तिका लागि आयोगले छिटोछिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटक–पटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । यहाँका राजनीतिक दलहरुले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लान सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोक सेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास टुट्न दिन नहुने बताउनुभयो । लोक सेवा आयोग देशको स्थायी सरकार हो, यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उच्च अदालत पोखराका मुख्यन्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेकोप्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनाविश्वास कायमै राख्नुपर्नेमा जोड दिनुभयो ।
लोक सेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना काम कारबाहीबारे प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै