
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।
आज यहाँ आयोजित नारदमुनि–पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले बालबालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नुभयो । त्यस अवसरमा सञ्चारकर्मी सुशीला पाठकलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ ।
उहाँले अङ्कका आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चा गर्दै खेलाडी कुशल भूर्तेल र दीपेन्द्र ऐरीले क्रिकेटका माध्यमबाट कायम गरेको विश्व कीर्तिमानीको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘कक्षाकोठा बाहिरको मैदान पनि रोजगार र शिक्षाको केन्द्र हुँदै गएको छ । शिक्षक र अभिभावकले यो यथार्थलाई बुझ्न सक्नुपर्छ ।’ उहाँले गायिका मेनुका पौडेलले आफ्नो मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल भएको उदाहरण पनि प्रस्तुत गर्नुभयो ।
त्यही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहेन्दार छात्रछात्रा उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगदसहित सम्मान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने