
काठमाडौँ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंक कमी आएको छ ।
आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर एक हजार ९ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३ सय ९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर, ४५ हजार ४ सय ४२ पटक खरिदबिक्री हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव ५२ र अन्य समूह एक दशमलव शून्य २ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९ दशमलव ७० र एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य ८ दशमलव ४५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ४९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँ बराबरको २ लाख ९२ हजार ३ सय २६ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग