
काठमाडौँ । अण्डाको भाउ फेरि बढेको छ । व्यवसायले बिहीबारदेखि लागू हुने गरी अण्डाको भाउ बढाएका हुन् ।
नेपाल लेयर्स कुखुरापालक संघले चितवनबाट लोड भएर देशभरि जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढेको जनाएको छ ।
मूल्य बढेसँगै ठूलो अण्डाको भाउ प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो । यस्तै मिडियम अण्डा भाउ प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिक्रेट ५ सय १५ रुपैयाँ थियो ।
यस्तै सानो अण्डा भाउ भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसैगरी उपभोक्ता मूल्य पनि निर्धारण गरिएको छ । उपभोक्ताले अण्डा किन्दा अब प्रतिगोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ मूल्य तिर्नुपर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित