+

संसद् छलेर कर दर हेरफेर गरिएको आरोप

काठमाडौँं । पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद्‍लाई छलेर करका दर हेरफेर गरेको आरोप लगाउनुभएको छ । 

नेकपा माओवादी केन्द्रका सांसद पुनले शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक पारित भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउनुभएको हो । 

सलाइ बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्क समेत सरकारले घटाएको सांसद पुनको आरोप छ ।

माओवादी नेता पुनले संसद् चलिरहेको र आर्थिक विधेयक भर्खरै मात्र पारित भएको अवस्थामा पहिलो चौमासिकमै सरकारले यसरी करका दर परिवर्तन गरेर आर्थिक अपराध गरेको लगाउनुभयो । पुनले करका दर हेरफेरप्रति त्यसप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारले संसद्‍लाई जानकारी गराउन समेत माग गर्नुभएको छ । 

‘भर्खरै आर्थिक विधेयक पास भएको छ, पहिलो चौमासिकमै सरकारले करका दर हेरफेर गरेको छ’ बैठकमा पूर्व अर्थमन्त्री पुनले भन्नुभयो– ‘यसप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी संसद्‍लाई छलेर करसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जान्छ । यसबारे के भएको हो रु किन गर्न खोजेको हो ? जवाफ देओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट