
लिस्बन (पोर्चुगल) । पोर्चुगलमा रहेका नेवार समुदायले बिस्का (बिस्केट) जात्रा मनाएका छन् ।
नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बिस्का जात्रा मनाइएको हो । जात्राका अवसरमा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिएको थियो । त्यस अवसरमा जात्रामा सहभागीलाई टीका, धजा लगाई दिनाका साथै समयबजी र सगुन प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलक समेत प्रस्तुत गरिएको थियोे । एकै स्थानमा भेला भएका नेवार समुदायले बिस्का जात्रा नखः तथा नयाँ वर्ष २०८२ को एकापसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।
नेवारी रीतिरिवाज, परम्परा, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप विशेष कार्यक्रमको आयोजना गरेर विदेशी भूमिमा बिस्का जात्रा मनाइएको खलका संयोजक अमृतरत्न शाक्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै