+

इनरुवामा अन्तरजातीय विवाह गरेका श्रीमान्–श्रीमती मृत फेला

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।


प्रहरीका अनुसार अन्तरजातीय विवाह गरेका शुकदेव शर्मा खत्वे र उनकी श्रीमती सबेदा खातुन मृत अवस्थामा फेला परेका छन् । ३० वर्षीया सबेदा खातुन ओछ्यानमा र शुकदेव झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र हाल शवको मुचुल्का उठाउने काम भइरहेको छ। शवलाई पोष्टमार्टमका लागि तयारी गरिएको जानकारी पनि प्रहरीले दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएको र घटनाबारे आवश्यक विवरण संकलन भइरहेको बताउनुभएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट