
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर भएका छन् ।
अधिवक्ताहरू कीर्तिनाथ शर्मा पौडेल, नीराजन पौडेल, वीरभद्र जोशी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।
मन्त्रिपरिषद्को २०८२ भाद्र ९ को निर्णय र सञ्चार मन्त्रालयको २०८२ भाद्र १९ को सूचनाका आधारमा फेसबुक, एक्स, म्यासेन्जर, वाट्सएप, युट्युब लगायतका सामाजिक सञ्जालमा तत्काल रोक लगाइएको हो । रिट निवेदकहरूले यो निर्णयले संविधानको धारा १७ मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक र रोजगारीको हक हनन् भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल सूचनाको स्रोत र जीविकोपार्जनको माध्यम बनेको सन्दर्भमा यो प्रतिबन्धले नागरिक अधिकार कुण्ठित गरेको उनीहरूको जिकिर छ । संविधानको धारा १७ (२) (क) ले विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको र ‘जुनसुकै माध्यम’ भन्ने व्यवस्थाले इन्टरनेट र सामाजिक सञ्जाललाई समेट्ने निवेदकहरूको तर्क छ ।
सर्वोच्च अदालतको रिट शाखाले यी निवेदनको अध्ययन गरी भोलि (सोमबार) दर्ता गर्ने वा नगर्ने निर्णय गर्ने बताएको छ । सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदमा विचाराधीन रहँदा भएको यो निर्णयले व्यापक विवाद उत्पन्न गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै