+

एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा

काठमाडौँ ।  नेकपा एमालेको दोस्रो  विधान महाधिवेशनमा प्रतिनिधिलाई पेलेर अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको र  महासचिव शङ्कर पोखरेलको  प्रतिवेदन पारित भएको घोषणा गरिएको छ । 


विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष  पौडेलको विधान संशोधन, महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।  महाधिवेशनमा  प्रस्तुत गरिएका प्रतिवेदन  त्यस मध्ये प्रतिनिधिहरुलाई उपाध्यक्ष  पौडेलको विधान संशोधनमा असहमति जनाएका थिए । प्रतिनिधिहरुले पूर्वराष्टपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नवीकण नगर्ने, नेतृत्वको दुई कार्यकाल र ७० वर्ष उमेरहद हटाउने प्रस्तावप्रति विरोध जनाएका थिए । तर प्रतिनिधिहरुको विरोधकमे बाबजुद उनीहरुलाई पेलेर महाधिवेशनमा ओली, पौडेल र पोखरेलको प्रतिवेदन सर्वसम्मत पारित भएको घोषणा गरिएको हो । 

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार शुरू भएको महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथि शनिबार दिनभर छलफलपछि आइतबार अपरान्ह सर्वसम्मतिले सर्वसम्मत पारित भएको घोषणा गरिएको हो । 

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह थियो । त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा। पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बाले पेश गरेको प्रतिवेदन पनि पास भइसकेको छ।

प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आआफ्नै समूहमा बहस गर्न अध्यक्ष ओलीले निर्देश दिएका थिए । दश समूहमा सबै प्रतिवेदनमाथि छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट