
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी) पार्टीको तेस्रो वरीयतामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने सहमति भएको छ।
शुक्रबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच पार्टी एकता गर्ने सहमतिसँगै उहाँको नयाँ भूमिकाबारे निर्णय गरिएको हो।
एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार, पार्टी विधानअनुसार अध्यक्षपछि सम्मानित नेता र त्यसपछि वरिष्ठ नेताको व्यवस्था रहेको छ। सोही अनुसार नेता गौतमलाई झलनाथ खनालपछि तेस्रो वरीयताको वरिष्ठ नेताको हैसियतमा स्वीकार्ने सहमति भएको हो।
हालसम्म पार्टीमा अध्यक्ष माधव नेपाल पहिलो, झलनाथ खनाल दोस्रो, र राजेन्द्र पाण्डे तेस्रो वरीयतामा हुनुहुन्थ्यो। एकता घोषणापछि पाण्डेको भूमिकामा पुनर्संरचना हुने अपेक्षा गरिएको छ।
दुई पार्टीबीचको एकता औपचारिक रूपमा साउन २ गते घोषणा गरिनेछ। सोही दिन नेता गौतमसहित आउनु हुने अन्य नेताहरूको पद र जिम्मेवारीबारे पनि निर्णय हुने जनाइएको छ।
सहमति पश्चात् नेता गौतमले पार्टीको विचार, कार्यदिशा र सिद्धान्तमा आफू सहमत रहेको र नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णयमा पुगेको स्पष्ट पार्नुभयो।
गौतमले एकताको सन्दर्भमा कुनै पदको माग नगरेको र आफूले भन्नुपर्ने कुरा पहिल्यै प्रस्ट पारेको बताउनुभयो। पाँच वर्षअघि नेकपा विभाजन हुँदा कुनै पार्टीमा नगइ ‘एकता अभियान’ सुरु गर्नुभएका नेता गौतम अन्ततः माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुन लाग्नुभएको हो।
यसअघि पनि गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न चाहनुभएको थियो, तर उहाँको पदसम्बन्धी प्रस्तावमा तत्कालीन नेतृत्वले सहमति नजनाउँदा एमालेसँग संवाद सुरु गरिएको थियो। यद्यपि, एमालेले पनि खासै चासो नदिएको पृष्ठभूमिमा अब उहाँ समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्न लाग्नुभएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’