
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले विसं २०७७ सालमा ३ हजार ५ सय रुपैयाँ लगानी गरेर फूलको व्यापार शुरु गर्नुभएको हो । फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाह लगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उहाँले बताउनुभयो ।
‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’ गुरुङले भन्नु्भयो । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू