
काठमाडौँ । सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका नेताहरुलाई छलफलमा बोलाउनुभएको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाउनुभएको हो ।
सदनको अवरोध खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रसरतामा बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाउनु भएको हो । प्रमुख सचेतकहरुसँगको छलफल सङ्घीय संसद भवन नयाँ बानेश्वरमा हुने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभएको छ । दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाका आजको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन ।
बालुवाटारको बैठकमा सभामुख घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थिती थियो ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनको कारबाही अवरोध गर्ने बताउँदै आएको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।
सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिनुभएपनि सहमति हुन नसकेको उहाँको सचिवालयले जनाएको छ । सभामुखले सोमबार पनि प्रमुख दलका नेताहरुसँग सिंहदरबारमा छलफल गर्नुभएको थियो । त्यो छलफलमा समेत प्रमुख दलबीच सहमति हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा