
काठमाडौँ । संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् ।
दलित महिला सङ्घ (फोडो) ले शुक्रबार आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
छलफलमा दलित समुदायका सांसद, अधिकारकर्मी, निजामती कर्मचारी लगायतले छलफल भाग लिनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत मेघराज शङ्करले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ।
उहाँले दलित समुदायका सांसदलाई सिमान्तकृत समुदायको सहभागितामा कतै पनि नचुक्न आग्रह गर्नुभयो । ‘दलित समुदायका सांसदले दलितको आरक्षण विरोधी केही गतिविधि भए विरोध गर्नुपर्छ’ उहाँले भन्नुभयो– ‘संविधानको मर्मअनुरुप निजामती सेवाको माग राख्नुपर्छ ।’
हालको निजामती विधेयकको प्रस्तावित मस्यौदामा महिला आरक्षणतर्फ खस आर्य २७ प्रतिशत, आदिवासी जनजाति २५ प्रतिशत, मधेसी १५ प्रतिशत, दलित १२ प्रतिशत थारु, ६ दशमलव ६ प्रतिशत, मुस्लिम ४ प्रतिशत र पिछडिएको क्षेत्र ४ र अपाङ्गता भएका व्यक्ति ४ प्रतिशत गरी कोटा छुट्याइएको छ । यसअघिको ऐनमा महिलाभित्रको आरक्षण छुट्याइएको थिएन ।
फेडोकी संस्थापक अध्यक्ष एवं अधिकारकर्मी दुर्गा शोवले महिलाभित्र पनि सिमान्तकृत महिलाका लागि निजामतीमा आरक्षण अनिवार्य हुनुपर्ने तर्क राख्नुभएको छ । ‘महिलाभित्र पनि असमानता छ’ उहाँले भन्नुभयो– ‘राज्यको नीतिगत तहमा उनीहरुको अधिकार सुनिश्चित गरिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा