+

ओलीद्वारा पोखरामा राप्रपा नेतासँग भेटवार्ता, २ मन्त्रालय रोजेर लिन प्रस्ताव

पोखरा । सत्ता गठबन्धनले गण्डकी प्रदेशमा आफ्नै सरकार बनाउने प्रयत्न गरेको छ । 

गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनबिना कसैले पनि बहुमत पुउर्याउन सक्ने अवस्था छैन । प्रदेशमा २ सांसद रहेको राप्रपा सरकार अड्याउने र ढाल्नेमा निर्णय बनेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन र केन्द्रमा प्रति पक्षमा रहेको नेपाली कांग्रेसले यसलाई फकाउने प्रयास भइरहेको छ । 

यही प्रयत्न अनुरुप पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा शुक्रबार राप्रपा गण्डकीका सांसद तथा नेताहरुसँग छलफल गर्नुभएको छ । एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ  समारोहलाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष ओलीले राप्रपाका गण्डकीका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गनुभएको राप्रपाका नेता गुरुङले जानकारी दिनुभएको छ । नेता गुरुङका अनुसार अध्यक्ष ओलीले गण्डकीमा २ मन्त्रालय रोजेर लिन प्रस्ताव गर्नुभएको छ । 

चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन त्यो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताउनुुभयो । सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताउनुुभयो । पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्ट रुपमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।  

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ सदस्य छन् ।  स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै