
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।
मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भन्नुभयो– ‘सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगको समेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।’
पूर्वमन्त्री एवं हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष पार्वत गुरुङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी त्यहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष प्रेमराज तिवारीले हाल जडीबुटीजन्य उद्योगमा करिब एक हजारभन्दा बढी उद्योगी व्यवसायी आवद्ध भएको, १० लाख नेपालीले रोजगारी पाएको र १५ अर्ब रुपैयाँ लगानीसहित वार्षिक पाँच अर्ब रुपैयाँको कारोबार हुने गरेको जानकारी दिनुभयो ।
त्यस अवसरमा जडीबुटीजन्य व्यवसायीले लगानीमैत्री नीति, सीप विकास, जडीबुटीखेतीको बिस्तार, व्यापार मेला, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गो भाडादर लगायतका व्यवसायसँग जेलिएका विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गर्नुभएको थियो ।
नयाँ नेतृत्व चयन हुने साधारणसभामा सङ्घका पूर्वअध्यक्षसहित उत्कृष्ट व्यवसायीलाई सम्मानित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री