
धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश प्रमुख मियाले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञहरूसँग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहनु भएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक सङ्ख्याभन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन् । तर सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ ।
सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) सँग १०-१० जना र नेकपा (एकीकृत समाजवादीसँग) चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् ।
प्रदेश सभामा नेपाली काँग्रेसका १८, राप्रपा र स्वतन्त्रका १-१ जना प्रदेश सभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा