
मोरङ । मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य रेनुदेवी साहले आयोगको पाचौँ वार्षिक प्रतिवेदन आज पेश गर्नुभयो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले आयोगले पहिचान गरेका समस्या सबैको भएकाले भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो ।
प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउनुभयो ।
प्रतिवेदन पेश गर्दै आयोगकी सदस्य साहले १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा