
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबारको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी र किसानलाई मलको उपलब्धता गराउन माग गर्नुभएको हो ।
सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचारको आरोपितलाई अनुसन्धानको घेरामा ल्याउन आग्रह गर्नुभयो । सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्ग पूर्वी खण्डको मुग्लिनबाट पोखरासम्मको सडक निर्माणलाई सावधानीपूर्वक तीव्रता दिन माग गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा बस्तीमा पर्न गएको असरप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पूजा चौधरीले वर्षायाममा रौतहटसहित तराइका कतिपय जिल्लाका बस्ती डुबानका कारण जोखिममा रहेकाप्रति ध्यानार्कषण गराउनुभयो । उहाँले नेपाल–भारत बैरगनियाको सिमाको ड्यामलाई वर्खायाममा खोल्ने भारतसँगको मौखिक सम्झौतालाई कार्यान्वयन गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो ।
सांसद बलदेव बोहराले वर्षात्को समयमा किसानलाई सरकारले प्रयाप्त मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद रुक्मणी कोइरालाले लैङ्गिक बजेट ल्याउने र कार्यान्वयन गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले एक गाउँ एक उत्पादनको कार्यान्वयका लागिसमेत जोड दिनुभयो ।
सांसद रेणु चन्दले सुदूरपश्चिममा आङ्गिक क्याम्पसका लागि अभिलम्ब प्रयाप्त बजेट व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले देशभर डढेलो नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले सङ्कटग्रस्त पालिकामा राहतको कार्यक्रम पु¥याउन ध्यानाकर्षण गराउनुभयो ।
संसदको शून्य समयमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुम्बासी, सडक निर्माण र सडक व्यापारीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मनरुपा शर्माले पर्वत जिल्लाको जलजला गाँउपालिकाका सूर्यबहादुर घर्ती र गमला धर्ती क्षेत्रीको हत्याले जिल्लावासी आक्रन्त बनेको भन्दै त्यो घटनाबारे तत्काल अनुसन्धान प्रक्रिया अघि बढाएर हत्यारा पत्ता लगाउन माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा