
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनु्भएको छ ।
सङ्घीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरणसम्बन्धी परामर्श गोष्ठीमा उहाँले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन सङ्घीय सरकारलाई आग्रह पनि गर्नुभयो ।
सङ्घीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका ६ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भन्नुभयो– ‘योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिवद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु ।’
सङ्घीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताउनुभयो । यस परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा