
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण प्रारम्भ गरेको छ ।
देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन तथा अधिकार, कम्युनिष्ट आन्दोलनका विकासमा श्रमिकका योगदान लगायत विषयमा छलफल गरिनेछ ।
शनिबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले ‘क्रान्तिको शिक्षण शास्त्र’ बारेमा प्रशिक्षण दिनुभएको छ । उहाँले प्रशिक्षणका क्रममा शिक्षा राजनीतिबाट अलग भएको नभएर राजनीतिसँग एकाकार भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले मान्छेको स्वतन्त्रताका लागि संवाद र क्रान्तिकारी विधिको महत्वपूर्ण भूमिका हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम विभिन्न प्रदेशमा पनि सञ्चालन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा