
पर्वत । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ ।
नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभयो ।
फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको पनि उहाँको भनाइ छ ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने उहाँले बताउनुभयो । ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने उहाँको भनाइ छ ।
संविधान अनुरुपनै नयाँ सरकार गठन भएकाले यसलाई असंवैधानिक भन्नु गलत भएको भन्दै उहाँले कार्यकर्तालाई निराश नभइ सरकारलाई सक्दो सहयोग र हौसला प्रदान गर्नसमेत आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा