
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
सिंहदरबारमा शुक्रबारु आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उहाँहरुले सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिनुभएको हो ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ऋण दिने विषयमा सहजता र सुरक्षित हुने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिनुभएको छ । ‘संशोधन गर्न बनेको विधेयकमा कसरी सुरक्षित ऋण प्रभाव गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइयोस्’ उहाँले भन्नुभयो– ‘ऋण सहज तरिकाले उपलब्ध नभइरहेको अवस्थामा अब सहज तरिकाबाट ऋण प्रभाव हुने गरी नीतिगत व्यवस्था होस् ।’
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले एउटै धितोमा पटकपटक ऋण प्रभाव गर्न नपाउने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिनुभएको छ । अर्का सदस्य किरणबाबु श्रेष्ठले धितोको मूल्याङ्कन गर्ने मापदण्ड तयार गरेमा सुरक्षित कारोबार हुन सक्ने बताउनुभयो ।
सांसद पदम परियारले पछाडि परेका समुदायले सहज तरिकाले ऋण पाउने गरी नयाँ कानुनी व्यवस्था लागू हुनुपर्नेमा जोड दिनुभयो । कुनै पनि व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यका साथ विधेयक संशोधन गर्न लागिएको हो ।
विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापमा पनि परिवर्तन आइरहेको सन्दर्भमा कारोबारलाई थप सुरक्षित बनाउने गरी विधेयक परिमार्जन गर्न विषेशज्ञ सुमन आचार्यले सुझाव दिनुभयो । उहाँका अनुसार अन्नबाली खनिज पदार्थ आदिलाई पनि धितोको रुपमा राखिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै