
काठमाडौँ । पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजदेखि शुरु भएको छ । ‘फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।
क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ ।
विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञानाार्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताउनुभएको छ । सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कूल ३८ अनुसन्धान पत्रमा ११ प्राविधिक सत्र प्रस्तुत हुँदैछन् ।
पहिलो दिन आज ६ सत्र सम्पन्न हुँदैछ । सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र पाँच विज्ञ सम्मिलित एक प्यानल छलफल हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा कूल एक सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञानार्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताउनुभयो ।
‘विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ’ विष्टले भन्नुभयो । अर्थविद् डा लक्ष्मणसिंह कुमारले विभिन्न विभागबाट प्राप्त सहयोगको कदर गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
आर्थिक मन्दी, जलवायु परिवर्तन, तरलता समस्या र घट्दो घरेलु उत्पादन जस्ता मुख्य चुनौती देखिएको उहाँको भनाइ छ । कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा देखिएको चुनौती सामनाका लागि तथा बजारको माग पूरा गर्न र घट्दो उपभोगको असरलाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँहरुले अर्थतन्त्रमा उदियमान समस्यालाई सम्बोधन गर्न सामूहिक प्रयासको लागि आह्वान गर्नुभएको छ । रूस–युक्रेन द्वन्द्व र आर्थिक गतिशीलतामा यसको प्रभाव जस्ता विश्वव्यापी मुद्दा समाधान गर्न राष्ट्रबीचको दिगो विकास र सहयोगमा ध्यान केन्द्रित गर्न समेत उपस्थित अर्थविद्को माग छ ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा एवं सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक एवं सम्बन्धनप्राप्त क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल