
सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
गृहजिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको निरीक्षण गर्दै उहाँले अस्पतालको स्तरोन्नति, सेवा प्रवाह, स्वास्थ्य प्रयोगशाला लगायत विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
प्रादेशिक अस्पतालको समग्र विकास, सेवा प्रवाह र यसको स्तरोन्नतिका लागि सरकार सदैव सकारात्मक रहेको मन्त्री सिंहको भनाइ छ । ‘नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ । तसर्थ सेवा प्रवाहमा कुनै समस्या भए तत्काल जानकारी गराउँनुस्, समस्या समाधान गर्दै जानेछौँ’ उहाँले भन्नुभयो– ‘यसअघि थालिएका राम्रा कामलाई पनि निरन्तरता दिनेछौँ ।’
मन्त्री सिंहले प्रादेशिक अस्पताल लहानको जग्गा रजिस्ट्रेशन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजस्व सम्बन्धी समस्या देखिएकाले त्यो समस्यालाई चाँडै समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
निरीक्षणका क्रममा ‘हेल्पिङ ह्याण्ड’ र ‘हेल्पिङ हर्ट’ संस्थाले उपलब्ध गराएको ३४ लाख ६६ हजार ८ सय ७४ रुपैयाँ पर्ने एक सय ४४ किसिमका स्वास्थ्य उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गर्नुभयो । उहाँले स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेका उपकरण तथा अन्य सामग्री र उपलब्ध रहेका उपकरणकाबारे जानकारी लिनुभएको छ ।
अस्पतालका सबै तहका कर्मचारीले कुनै किसिमको लापरवाही नगरी काम गर्नुपर्ने भन्दै लापरवाही भएको प्रमाणित भए कारबाही गर्न पनि पछि नपर्ने मन्त्री सिंहले बताउनुभयो । प्रदेशभरि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भन्दै उहाँले मधेस स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक लाग्ने बताउनुभयो ।
प्रादेशिक अस्पतालको स्तरोन्नतिमा रहेका बाधाव्यवधान फुकाएर अस्पतालको विकासका लागि सकारात्मक पहल गरिदिन प्रदेशसभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले मन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको छ ।
त्यस अवसरमा मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै