
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रगति विवरण पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
एकीकृत समाजवादीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन चैतभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको हो । काठमाडौँ जिल्ला कमिटीले चैत १७ गतेसम्म वडा कमिटीका सबै राजनीतिक गतिविधि सम्पन्न गर्ने भएको छ । पार्टीको आगामी महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो ।
सबै कमिटीले सदस्यता वितरण, नवीकरण गर्ने, नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदन केन्द्रमा पठाएपछि महाधिवेशन प्रतिनिधि छनोटका कार्य गरिनेछ । वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने जनाइएको छ । महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल सम्पन्न गरेको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।
समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान मस्यौदामा छलफल सकेपछि ती सबै प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ ।
एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरिहेको छ । त्यसको लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै