
काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एशियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि शुरु हुनेछ ।
विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपालसामु आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा नेपाल पराजित भएमा विश्वकप र एशिया छनोट खेल्नबाट बाहिरिनेछ । नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।
दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी तीन खेलमा तीन अङ्क बटुल्दै यमन तेस्रो स्थानमा छ । समान तीन खेल नै खेलको नेपाल तीनै खेलमा हार बेहोरर्दै अङ्कविहिन छ ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।
मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै