
काठमाडौँ । जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोले आगामी जुन महिनाको अन्त्यतिर करिब एक साताका लागि बेलायतको भ्रमण गर्नु हुनेभएको छ ।
बेलायती राजा चाल्र्स तृतीयले ‘आफू पनि क्यान्सरसँग लडिरहेको’ बताएको केही सातापछि वेल्सकी राजकुमारी क्याथरिनलाई क्यान्सर भएको शुक्रबार खबर सार्वजनिक भएको थियो ।
सन् २०२२ को सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन बेलायत गएका जापानी शाही दम्पतीको त्यसपछिको यो पहिलो बेलायत भ्रमण हो ।
राजा चाल्र्सको गद्दी आरोहणपछि यो उनीहरूको दोस्रो अन्तर्राष्ट्रिय सद्भावना भ्रमण हो । उनीहरूले गत वर्ष इन्डोनेसियाको भ्रमण गरेका थिए । ‘योमिउरी शिम्बुन’ पत्रिकाका अनुसार दुवै देशका सरकारले राजाको उपचार तालिकामा ध्यान दिएर भ्रमणको योजना बनाइरहेका छन् । जिजी प्रेसले पनि भ्रमणको कार्यतालिका ‘सावधानीपूर्वक’ मिलाइएको जनाएको छ।
जापानी शाही दम्पतीले राजकीय अतिथिका रूपमा बेलायतको भ्रमण गर्नुका साथै लण्डनको बकिङ्घम प्यालेसमा आयोजना हुने स्वागत समारोह तथा भोजमा सहभागी हुुनुहुनेछ ।उनीहरूले विभिन्न समयमा अध्ययन गरेका अक्सफोर्ड विश्वविद्यालयको भ्रमण पनि जापानी सम्राट्को भ्रमण तालिकामा रहने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा जापानी राष्ट्राध्यक्ष नारुहितो र साम्राज्ञी मासाकोले बेलायती प्रधानमन्त्री ऋषि सुनक र उहाँकी पत्नीसँग भेटवार्ता गर्नुहुने र मध्यान्नको भोजमा सरिक हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने