
कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।
उच्च प्रहरी अधिकारीका अनुसार, उनीमाथि सन् २०२३ को सेप्टेम्बर महिनामा बेलायतको भ्रमणका सन्दर्भमा सोधपुछ गरिएको थियो, जुन भ्रमणका क्रममा उनले आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए ।
प्रहरी अधिकारीले जानकारी दिँदै भने– ‘हामी उहाँलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गर्दैछौं । उहाँमाथि सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिनेछ ।’ पूर्वराष्ट्रपति विक्रमसिङ्घे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए ।
त्यस क्रममा उनी र उनीकी पत्नी मैत्रीले वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए । विक्रमसिङ्घे उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएको छ । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिङ्घेमाथि त्यो यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको, साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट व्यहोरेको आरोप लगाएको छ ।
विक्रमसिङ्घे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।
राष्ट्रपतिको कार्यकालमा विक्रमसिङ्घेले देशको अति गम्भीर आर्थिक संकटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर, सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनःनिर्वाचनमा उनी पराजित भएका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो