
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीले समेत मनाउने गराउने गरेका छन् ।
विदेशी पर्यटकले आइतबार बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्ध लगायत क्षेत्रमा होली मनाइरहेका छन् ।
ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।
“हरेक सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ । हाम्रा सांस्कृतिक कार्यक्रमलाई सरकारले ‘क्यालेण्डर’ बनाएर विश्वभर पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यति गर्नसकेमा मुलुकमा १२ महिना पर्यटकको सिजन हुनेछ”, उहाँले भन्नुभयो ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेका परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिनुभयो । परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, सगरमाथा दिवस, विश्व पर्यटन दिवस, होलीलगायत पर्व तथा दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको उहाँले बताउनुभयो ।
ठमेल पर्यटन विकास परिषद्अन्तर्गत हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै