
खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ । गत पुसदेखि भवन निर्माणको काम रोकेर सम्पर्कविहीन भएको निर्माण कम्पनी श्यामसुन्दर रामसागर नेपाल फूलबारी जेभीले तीन महिनापछि पुनः काम शुरु गरेको हो ।
बिना जानकारी सम्पर्कविहीन भएको ठेकेदार तीन महिनापछि निर्माणस्थल फर्किएसँगै निर्माणाधीन अस्पताल भवनको प्लाष्टर लगायतका भित्री काम शुरु भएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “ठेकेदारले पर्खाल, गेटसम्मको सडकलगायतका काम केही दिनभित्र थाल्ने बताएका छन् । रोकिएको काम पुनः शुरु गरेकाले केही आशा पलाएको छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार गत पुस–२४ गते नै भवन निर्माण सम्पन्न हुनुपथ्र्यो । तोकिएको समयमा सम्पन्न नभएपछि थप १५ महिना म्याद थप भएको छ । सम्भवतः बाँकी समयमा सम्पन्न हुनेछ ।”
लामो समयसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार भवन निर्माण शुरु गरिएको हो । निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ । ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी वि।सं। २०७८ असार–२४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार, सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ मा अस्पताल भवनको ठेक्का उक्त कम्पनीले हो ।
वि सं। २०४९ साल वैशाख १ गते स्थापना भएको अस्पताल अहिले ट्रस बनाएर सञ्चालन भएको छ । अस्पतालको पुरानो भवन भत्काएर ट्रसबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । बिरामीको चाप बढेको समयमा भुइँमा राखेर उपचार गर्नुपर्ने वाध्यता रहेको अस्पतालका प्रमुख डा। रुपेश सङ्ग्रौलाले बताउनुभयो । अस्पतालमा पर्याप्त उपकरण नहुँदा गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै