
काठमाडौँ । सहकर्मीमाथि भएको कुटपिटविरुद्ध धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्ना बसेका छन् ।
गएको साउन २३ गते बटेश्वर गाउँपालिका(५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भए पनि दोषीमाथि कारबाही नभएको भन्दै स्वास्थ्यकर्मीहरु कामकाज ठप्प गरेर सोमबारदेखि धर्ना बसेका हुन् ।
स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको स्वास्थ्यकर्मीहरुको आरोप छ । शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महतोका अनुसार घटना पश्चात् जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी समेत परेपनि दर्ता नभएको र कारबाही नगरिएको भन्दै धर्ना बस्नु परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
तीन बुँदे माग राख्दै गाउँपालिकाका सर्म्पूण स्वास्थ्यका कर्मचारी गत सोमबारदेखि हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउ माग गर्दै शान्तिपुर स्वास्थ्यचौकीमा धर्ना बस्दै आएका छन् ।
शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज महतोका अनुसार वास्थ्य चौकीको मूल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा आरोपितहरूले हातपात गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो