
डोल्पा । बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरुलाई वित्तीय साक्षारता शिक्षा प्रदान गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरमा अध्यययनत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षारता शिक्षा प्रदान गरेको हो । विद्यालयका ४० विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समयमा बालवालिकामा पैसा भेट्यो कि खर्च गर्ने बानी परेकाले आफूसँग भएको थोरै थोरै रकम पनि बचत गर्ने र निकट भविष्य त्यसको लाभ लिनसक्ने कुराको विकास गर्न साक्षरता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमपछि विद्यार्थीहरुले बचत, खर्चलगायत विषयमा महत्वपूर्ण जानकारी हासिल गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बालवालिकाले वित्तीय शिक्षापछि अभिभावक र आफन्तले दिएको थोरै थोरै रकम बचत गर्ने बानीको निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने