खेलकुद

क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’

काठमाडौँ ।  नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो ।