खेलकुद

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल

कञ्चनपुर । राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न  शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको  छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी २  करोड ६६ लाख ४९ हजार ५ सय ५४ रुपैयँँको लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो ।