
काठमाडौँ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो । आयरल्याण्ड ‘ए’ले पहिलो खेल २१ रनले र दोस्रो खेल एक सय १४ रनले जितेको थियो ।
आजको खेलमा जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक एक सय दुई रनको योगदान दिए । उनले एक सय १८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे ।
त्यसैगरी अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५÷१५ रन बनाए । देव खनालले ११ रन जोडदा साहब आलमले छ रनमा आउट भए । आयरल्याण्ड ‘ए’को जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे । त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो ।
आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहनीले शतकीय प्रहार गरे । उनले एक सय २९ बल खेल्दै आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिएका थिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए । म्याथ्यु हम्फ्रेजले २३ रन बनाए भने मोर्गन टोप्पिङले २१ रन बनाए । त्यस्तै फिन ह्यान्डले २० रन जोडे ।
नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन÷तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक एक÷विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा