
मोरङ। विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आज भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मच्छिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आठौँ संस्करणको उक्त गोल्डकपमा मच्छिन्द्रका जर्सी नं. ३० का स्टेफेन बिनोङले मध्यान्तर अगाडि १० मिनेटमा एक गोल गरेका थिए । कोलकोत्ताका साउर्थनका जर्सी नं १७ का सोनु हवल्दारले ३२ मिनेटमा गोल फर्काएर खेल बराबरमा पु-याएका थिए ।
मध्यान्तरपछि मच्छिन्द्रका जर्सी नं ३० का स्टेफेनले ५५ मिनेटमा पुनः एक गोल गरी मच्छिन्द्र फुटबल क्लबलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएका हुन् । मच्छिन्द्रका स्टेफेन खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।
बुधबारको पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ । गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विराट गोल्ड कप ट्रष्टद्वारा प्रतियोगिता आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा