
चितवन । यहाँ जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित ग¥यो । यो लखनउको लगातार दोस्रो जित हो ।
आजै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेस प्रदेशलाई तीन विकेटले पराजित ग¥यो ।
आजको जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अङ्क बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अङ्कका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अङ्क रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अङ्कका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको । लगातार दुई हार व्यहोरेको मधेस प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।
भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिघालाई
प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिघाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आबुखैरेनीलाई हराउँदै २८ बिघाले उपाधि चुमेको हो । फाइनल खेलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोलले हरायो ।
२८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । खेलको ५३औँ मिनेटमा २८ बिघाले सृजनको गोलमा अग्रता लिएको थियो । खेलको ७७औँ मिनेटमा आबुखैरेनी नौ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगातप्रताप गुरुङले रातो कार्ड पाए । २८ बिघा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।
आबुखैरेनी नौ खेलाडीमा सीमित भएको फाइदा उठाउँदै २८ बिघाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा दुई–शून्यले विजयी हुँदै च्याम्पियन बन्यो ।
एक गोल र एउटा गोलका लागि एसिस्ट गरेका सृजन प्लेयर अफ दी म्याच भए । विजेता २८ बिघाले रु तीन लाख तीन हजार प्राप्त गरेको छ । उपविजेता आबुखैरेनीले रु एक लाख ५० हजार प्राप्त ग¥यो ।
आबुखैरेनीका आकाश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । २८ बिघाका रञ्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर वीरेन्द्र सारुमगर उत्कृष्ट गोलकिपर बने । उनीहरूले जनही रु पाँच–पाँच हजार र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने