
काठमाडौँ । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टी २०’ खेलमा आयरल्यान्ड ‘ए’लाई ३ रनको झिनो रनले पराजित गरेको छ ।
जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टी २० शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको छ ।। नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
आजको खेलमा आयरल्यान्डका लागि ग्यारेथ डेलानी र मोर्गन टोप्पिङले अर्धशतकीय पारी खेले । डोलानीले ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए । टोप्पिङले ३७ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै रोस्स अदिरले ३१ रन बनाउदाँ फिन ह्यान्डले २२ रन जोडे ।
बलिङतर्फ नेपालका विपिन खत्रीले तीन विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक रएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्का प्रहार गरे । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन सर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनाल छ रनमा आउट भए ।
बलिङतर्फ आयरल्यान्ड ‘ए’का लागि फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए । अब नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । त्यो शृङ्खला चैत २१ गतेदेखि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा