
काठमाडौँ । भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा आज भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८१ रन बनायो । एक सय ८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो ।
पहिला ब्याटिङ गर्ने क्रममा नेपालको शुरुवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।
कप्तान रोहितकुमार पौडेलले तीन, सन्दीप जोराले दुई, कुशल मल्लले एक, गुलशन झाले चार, विवेक यादवले सात तथा प्रतीस जिसीले अविजित चार रन बनाए ।
बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन तथा आर्या देसाइ र ध्रुशान्त सोनीले दुई-दुई विकेट लिए ।
गुजरातका लागि एक सय ७३ रन बनाउने क्रममा उमङ्ग तन्डेलले ४७ रनको योगदान दिए । हर्ष देसाइले अविजित २९ रन बनाए । अभिषेक देसाइले २० तथा स्मित पटेलले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले दुई दुई तथा विवेक यादवले एक विकेट लिए । नेपालले अर्को खेल शुक्रबार बरोडासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै