
काठमाडौँ । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ ।
आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै