
काठमाडौँ । नेपाल स्पोर्ट्स फेलोसिपले नेपालको महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
गत फागुनमा साउदी अरेबियामा भएको पश्चिमी एसियाली गल्फ राष्ट्रले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीले देशको नाम उच्च पारेको भन्दै फेलोसिपले ‘इस्टर फेस्ट फेलोसिप २०२४’ अन्तर्गत सम्मान गरेको हो । सम्मान स्वरुप नेपाली महिला फुटबल टोलीले ७५ हजार रुपैयँँ र उपहार प्राप्त गरेका छन् ।
वाफ च्याम्पियसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित भएको थियो । च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता नेपालले लेबनानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई बधाई दिनुभयो । उहाँले नेपालमा खेल पूर्वाधारको कमी रहको चर्चा गर्नुभयो ।
राईले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने भनाइ व्यक्त गर्नुभयो । खेलकर्मीको भेलाको रुपमा आयोजना गरिएको कार्यक्रममा नेपालका सबैजसो खेलका करिब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै