
काठमाडौँ। आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्दैछ । यो समाचार तयार पर्दा सम्म नेपालले ४ ओभरको खेल समाप्त हुँदा २ विकेटको क्षतिमा ३० रन जोडेको छ ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
नेपाल ए को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा