
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपअन्तर्गत महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब च्याम्पियन बनेको छ । एभरेष्टको यो राष्ट्रिय प्रतियोगितामा यो पहिलो उपाधि हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा एभरेस्टले नेपाल पुलिस क्लबमाथि ३–१ सेटको जित निकाल्दै उपाधि जितेको हो । यस उपाधिसँगै एभरेस्टले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता बनेको पुलिसले रु दुई लाख पायो । यसैगरीमहिलातर्फ एपिएफले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो भएको एपिएफले रु एक लाख २५ हजार प्राप्त ग¥यो ।
पहिलो सेट १९–२५ ले गुमाएको एभरेस्टले त्यसपछिका सवै सेट आफ्नो पक्षमा पा¥यो । एभरेष्टले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१८ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यसअघि एभरेस्टले न्यू डायमन्ड स्पोर्टस क्लब र पुलिसले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
आजै भएको पुरुषतर्फको फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटको जित निकाल्दै उपाधिमाथि कब्जा जमायो ।
खेलको पहिलो सेट २०–२५ ले गुमाएको हेल्प नेपालले दोस्रो सेट सेट २७–२५ ले जित्यो त्यस्तै खेलको तेस्रो सेटमा हेल्प नेपाल २३–२५ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको चौैथो सेटमा २९–२७ को जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौँ सेटसम्म पु¥याएको थियो । पाँचौँ सेटमा २२–२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधिमाथि कब्जा जमायो ।
यसअघि हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । पुरुषतर्फको विजेता टोलीले पनि समान रु पाँच लाख नै पुरस्कार प्राप्त ग¥यो । त्यस्तै दोस्रो स्थान हासिल गरेको आर्मीले रु दुई लाख पायो ।
नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल