
सुनसरी । इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए ।
खेलको ३७ औँ मिनेटमा अबयोमीले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।
मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै