
नुवाकोट । म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । बिहीबार गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन ः खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराका साथ खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने पालिकाले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार तेस्रो हुने पालिकाले ५० हजार ५ सय ५५ र चौथो हुनेले सान्त्वनास्वरुप २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने पालिकाले तीनजनासम्म पालिका बाहिरका खेलाडीलाई समावेश गराउन पाउने नियम आयोजकले बनाएको छ ।
खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि २ जना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको प्रतियोगिताको संयोजक विजय गुरुङले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन प्रदेशका एक सय १९ वटै पालिकालाई टोली दर्ताका लागि आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर