
धनकुटा । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले नगद, पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
बोर्डद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा कोशी प्रदेशका तीन प्रशिक्षकसहित ११ खेलाडीलाई रु २५ हजारदेखि दुई लाखसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको हो ।
सन् २०२२ र २०२३ मा चीनमा भएको १९ औँ एशियाली खेलमा कराँतेका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ र कबड्डीतर्फ काँस्य पदक विजेता चार खेलाडीलाई जनही नगद रु दुई लाख र सम्मान–पत्र दिइएको छ ।
कबड्डीतर्फ पुरस्कृत हुनेमा मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई रहनुभएको छ । त्यस्तै सन् २०२३ मा मलेसियाको क्वालाम्पुरमा भएको विश्व च्याम्पियनसिप (आइटिएफ) मा तेक्वान्दोमा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद रु ५० हजारसहित सम्मान–पत्र प्रदान गएिको छ ।
त्यस्तै हालै साउदी अरेबियामा भएको फुटबल खेलमा सहभागी भई रजत पदक विजेता महिला टोलीका एक प्रशिक्षकसहित सात खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा प्रशिक्षक श्याम मानन्धर तथा खेलाडी सविता राना मगर, अमिसा कार्की, हीराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिती राई र अन्जिला तुम्बापो लिम्बू रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै