
काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज नेपालले बरोडासँग खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा शुरु हुनेछ । नेपाल शुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा शुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ ।
नेपालले फाइनल खेल आइतबार गुजरातसँग खेल्ने छ । बरोडासंगको पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् ।
सिरिजको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो भने अर्को खेलमा नेपालले ७ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।
अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ ।
नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा