
काठमाडौँ । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी -२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २: ४५ मा शुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा मैदान ओर्लिने छ ।
सिरिजको पहिलो खेलमा गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।
९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
बरोडाको टोली
विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पाण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा