
काठमाडौँ । नेकपा एमालेले इलाम क्षेत्र २ मा प्रनिनिधिसभा सदस्यको लागि सुहाङ नेम्वाङलाई उठाउने भएको छ ।
पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले उपनिर्वाचनमा पूर्वसभामुख सुवासको कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले इलाम २ मा सुहाङर्ला उठाउने निर्णय गरेको हो । बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुएको छ।
‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
पूर्वसभामुख सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने