
काठमाडौँ । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको निधन भएको छ । मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको ६१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
लुइँटेलको बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उहाँका सहपाठी घनश्याम कोइरालाले जानकारी दिनुभएको छ । लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीति लगायत ३ दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गर्नुभएको छ । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उहाँले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाउनु भएको छ ।
परिश्रमी र स्वाभिमानी स्वभावका उहाँ अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नुहुन्थ्यो । उहाँको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति